व्यंग्य : ज्योतिषको भबिस्य सही, गोर्खामा २ रेक्टर को भुकम्प

एक जना ज्योतिसले केहि दिन अगाडी ठुलो भबिस्यवाणी गरे। उनलको भबिस्यवाणी अनुसार गोर्खामा २ रेक्टर को भुकम्प गएको छ। उनले नेपालमा ठुलो ७ रेक्टर भन्दा ठुलो भुकम्प आउछ भनेर मितीनै तोके।उनलाइ पुलिसले समात्यो। छोडे पछी पनि उनले लाज पचाएर मैले त बिपत मात्र जान्छ भनेको भनेर बुझ पचाए। उनी अहिले नेपालकै जोकर बनेका छन। उनलाइ अहिले पनि आफु सत्यमा हिडेको जस्तो नै लाग्छ।

अहिले मानिस छिटो लोकप्रियता पाउन युटुवबाट भिडियो बनाउने लत लागेको छ। नेपालमा हरेक असारमा बाढि आउछ भनेर जस्ले पनि भबिस्य गर्न सक्छ। तेसरी सस्तो लोकप्रियता को लागी भुकम्प आउछ भन्ने र भुकम्प नआएपछी झन बुझ पचाएर मैले भनेको नै छैन भन्ने भन्नु सट्टा गोर्खामा २ रेक्टरको भुकम्प आयो, मैले भनेको ठिक भो भन्नु बेश हुन्थियो होला।

ज्योतिष लगायतका बिषयमा केही बिशेषता हुन्छ होला तर दुनियाको कुनै ज्योतिषले मिति तोकेर तेसरि भन्ने कुनै शास्त्रमा छैन। जो मानिस आफैमा सिद्द छ उसलाइ युटुव चाहिदैन न त उसले आफु सङ शक्ति छ भन्दैन। जो व्यकती आफुसङ शक्ति छ भनेर युटुवमा भिडीयो बनाउदै हिड्छ कि उसलाइ लोकप्रियता चाहिन्छ कि कुनै मानसिक रोग हुन सक्छ।

हामी नेपाली पनि कर्म भन्दा भाग्य खोज्ने भएको छौ। यस्तो ज्योतिष भन्दा बरु योग, ध्यान र आफ्नो कर्ममा ध्यान हुने भए न त त्रास हुन्थियो न त एस्ता ज्योतिष लोकप्रिय। मर्न सबैलाइ पर्छ, र यो बुद्दको देशमा हामी मर्न बाट डराउन पर्दैन। बरु कर्ममा ध्यान दिएर त्रिशुल बाबा र भुकम्पे क्षेत्री को कुरा नसुने देश आफै बिकाश हुन्थियो।

2198total visits,1visits today

Add a Comment

Your email address will not be published. Required fields are marked *