भ्रम नपरोस, इतिहासमा नेपाल कहिल्यै भारतवर्षको भाग थिएन।

कहिले काहि पण्डितले भन्ने गरेको सुनिन्छ – जम्बुदिपे, भारतवर्षे, हिमावत खण्डे, नेपाल देशे भनेर। त्यो भन्नु र नेपाली अमेरिका गएर अमेरिका नेपाल हो भन्नु उस्तै हो। त्यो त धेरै पछि उत्तर प्रदेशबाट आएको बाहुनले भन्ने कुरा हो। या त इतिहासको ज्ञान नभएर। चलन चल्तिमा खस र आर्य पनि एउटै हो भन्ने बुझिन्छ तर खस भनेको मस्टो पुजा गर्ने महाभारतकाल देखि खस देश जुन भारत वर्षमा पर्दैनथ्यो त्या बस्ने जाति तर आर्य भनेको भारतवर्षकै बाहुनहरु हुन। हाम्रो नेता हरुमा भने खस र आर्यको भेद पनि छुटाउन नसक्ने बुद्दि देखिन्छ। हुनत यि जातहरु पछि मिश्रित भने भएको हुन तर मुलत एउटै चै होइनन।

अहिलेको नेपाल मुलत पश्चिमको खसदेश, पुर्वमा किरातदेश र मध्यको नेपालमण्डल गरि तीन राज्यले बनेको छ। र यि कुनै राज्य कहिले भारतवर्षमा थिएनन। महाभारतको श्लोकमा स्पष्ट सङ खसदेश र किरातदेश भारतवर्षमा नरहेको लेखिएको छ र भारतवर्ष सङ नमिलेको हुनाले तल्ले जात पनि भनिएको छ। त्यसतै निपालय हालको नेपाल पनि भारतवर्षको अङ्गको रुपमा लिइएको छैन। खसको नाम द्रोण पर्व र किरातको नाम भिस्म पर्वमा उल्लेखित छ। श्रिमद भागवतको २-४-१८ को श्लोकमा पनि खस र किरातलाइ तल्लो जात र भारतवर्षमा नपर्ने बाहिरको मान्छेको नै दर्जा दिइएको छ। त्यसैले नेपाललाइ भारतवर्ष अथवा ग्रेटर भारतमा राख्नु मुर्खता बाहेक केहि हैन।

त्यसपछिको समयमा पनि स्कन्द पुराणको नेपाल महात्मय जुन नेपालमा लेखिएको मानिन्छ त्यसमा पनि नेपाल स्वतन्त्र पुण्यभुमि रहेको उल्लेखित छ। नेपालको वर्णन अथर्ववेद परिसिस्ट र अथर्व सिरास उपनिशदमा उन बेच्ने देशको रुपमा गरिएको छ। भारति राजाहरुको गाथा रजतरङ्गिनीमा पनि नेपाल स्वतन्त्र रहेको र नेपाली राजाले कश्मिरि राजालाइ जितेको कथन छ। समु्द्रगुप्तको अलाहावाद लेखनमा नेपाललाइ सिमापारीको देश र छिमेकी राष्ट्र भनिएको छ। अशोक सम्राटले त नेपालको राजकुमार सङ आफ्नो छोरी विवाहनै गरेको थिए। यो सबै हेर्दा न खस, न किरात न त नेपालंंमण्डल कुनै कहिले भारतवर्षमा रहेको देखिन्छ। यो देशको इतिहास कम्तिमा ४-५ हजार वर्ष पुरानो छ र पृथ्वी नारायण शाहले त केवल तेहि पुरानो देश भत्कने अवस्थामा पुग्दा जोडेको मात्र हुन। त्यसैले नेपाल पनि हजारौ वर्ष अगाडि भारतवर्षमा थियो भन्नु कुतर्क र मुर्खता बाहेक केहि होइन।

38767total visits,81visits today

Sagun Siwakoti is an Information System Graduate, Web Consultant and IT expert from Nepal who have been working with various Software development companies like Spark Tech, Sunbi Design Studio and Any Tech. He has also been working as IT Supervisor for Kathmandu School of Law. He is a Entrepreneur and runs his own business with Mantra IT Solutions.

Leave a Comment

Your email address will not be published. Required fields are marked *