नेवार जात मात्र हैन, सभ्यता र नेपालको पहिचान हो।

नेपालको इतिहास कम्तिमा पनि ३५०० देखि ४००० बर्ष पुरानो छ। त्यसमा पनि ३०००-४००० बर्ष देखि बसोबास गर्दै आएका समुदाय लाइ नेवार भनिन्छ। नेवार समुदायमा एक जातको मात्र मानिस छैनन। यसमा लामो नाक भएका आर्य जस्ता, गोलो अनुहार भएका मङगोल जस्ता र पुरानो अष्ट्रो एसियाटिक(थारु जाति जस्ता) सबै बनोटका मानिस छन। नेवार भाषाले पनि संस्कृत, मङगोल र आदिबासि भाषा बाट धेरै शब्द लिएको छ। धर्ममा पनि नेवारहरु बुद्द र शिव दुबै मान्ने र बज्रयान र तन्त्र हिन्दु दुबै मान्छन। यसबाट लामो समयको धेरै थरिको बनोट, भाषा र धर्म मिलेर बनेको सभ्यता नेवार हो।

नेपाल राज्यमा बस्ने सबै मानिस नेवार नै थिए। पछि गोर्खा राज्य आएपछि मात्र बाहिरि आर्य र नेवार समुदाय फरक फरक हुदै गएको हुनुपर्छ। नत्र काठमान्डु , ललितपुर, भक्तपुर, मकवानपुर र दोलखामा ३००० बर्ष देखि बस्दै आएको जस्तोसुकै बनोटको मानिस पनि नेवार नै हुन। पछि आएका खसहरु आएपछि मात्र नेवार समुदाय छुट्टै भएको हुनुपर्छ। किरात काल नै मान्ने हो भने त नेवार को इतिहास कम्तिमा ६००० बर्ष पुरानो हुनुपर्छ। किरात काठमान्डु आउनु अघि पनि यहा बसेका मानिस हरुलाइ नेवार समुदाय भनिन्छ।

नेवार सम्पदा एकमात्र पुरानो नेपाल को एकमात्र सम्पदा हो। नेवार नेपालि इतिहासको पुरानो बिकासको जिउदो प्रमाण हो। नेवार नेपालको मुटु हो। नेवार नेपाल भुमिमा एक बिकसित जाति र सभ्यता थियो भन्ने प्रमाण हो। अमेरिका भन्ने देश बन्नु अघि पनि नेवारले पाटन दरबार, भक्तपुर दरबार बनाएका थिए। नेवार सबै नेपाली को शान हो। खस, आर्य, राइ, लिम्बु सबैले नेवारलाइ देशको शान र पुरानो नेपालको सभ्यता को प्रतिक हो भनेर मान्नु पर्छ। नेवार समुदायलाइ अरु सबैले अगाडि बढ्न सहयोग गर्नु पर्छ। नेवार कमजोर हुनु नेपाल को इतिहास नै सकिनु हो।

5233total visits,1visits today

Add a Comment

Your email address will not be published. Required fields are marked *