ट्राफिक नियम नमान्ने विभन्न किसिमका डनहरु

हामि नेपाली गालि गर्न र उपदेश दिनमा माहिर छौ। हामिलाइ नेपाल सरकारले कसरी काम गर्न पर्छ, चाइनाले अमेरिका लाइ के गर्नु पर्छ देखि मेस्सीले कसरी गोल हान्नु पर्छ सम्म सबै कुरा थाहा छ। तर आफुले के गर्नु पर्छ भने चै थाहा छैन। यसै प्रसङमा ट्राफिक नियम नमान्नु त दैनिक व्यबहारनै बनेको छ। गत ५ बर्षमा रोड दुर्घटनामा ९००० मानिसको ज्यान गैसकेको छ। नेपालमा ट्राफिक नियम नमान्ने डनहरु यस किसिमका छन।

१) रातो बत्तिमै बाटो काट्ने डनहरु – यो समुहका मानिसहरु रातो बत्ति लाइ मान्दैनन। उनीहरु गाडीले आफुलाइ हानेर गाडी कुचिन्छ सोच्छन। यस समुहमा मानिसमा बुढा, जवान, युवती सबै पर्छन।

२) फुटपाथबाट बाइक चलाउने डनहरु – यो समुहमा बढि जसो युवाहरु पर्छन। फुटपाथबाट हर्न बजाउदै बाटो काट्न उनीहरुलाइ रमाइलो लाग्छ।

३) साइलेन्सर फुटाएर बाइक मचाउने डनहरु – यो समुहमा बढि जसो युवाहरु पर्छन । धनी बाउको बिग्रेका छोरा बाइक भरभर गर्दा बच्चा र बिरामी सबै तर्सिन्छन।

४) हाइवेमा राइट लेनबाट बिस्तारै चलाउने डनहरु – यो समुहमा बढि जसो युवती पर्छन। उनीहरु जतिसुकै ठुलो हाइवे भए पनि मतलब गर्दैनन। उनीहरु राइटलेन र पुरा सडक आफ्नो घर सोच्छन।

५) सडक ओगटेर यात्रु चढउने डनहरु – यो समुहमा लोकल चालक हरु पर्छन। उनीहरु सारा सडकलाइ आफ्नो बावुको सम्पति र पुलिसलाइ आफ्नो मामा सोच्छन।

यस किसिमका डनहरुले ५ वर्षमा ९००० मानिसको ज्यान गएको छ। डनहरुको पशुपतिनाथले कल्याण गरुन।

10776total visits,3visits today

Add a Comment

Your email address will not be published. Required fields are marked *